back
CTIZAN AD

बेलायतवासी गुल्मेलीले गरे भिसि विजेता थापामगरको शालिक निर्माणार्थ १३ हजार पाउण्ड बढी सहयोग

वि.सं.२०७७ असोज २० मंगलवार

765 

shares

२० असोज, बेलायत । बेलायतबासी गुल्मेलीको संस्था गुल्मी समाजले प्रथम गोर्खा भिसि बिजेता हवल्दार कुलबिर थापामगरको शालिक निर्माणार्थ आर्थिक सहयोग गरेको छ ।

फानब्रोस्थित रशमोर बर्रों काउसेल अफिसको प्रांगढमा अक्टोबर ३ मा आयोजित रकम चेक हस्तान्तरणका क्रममा शालिक निर्माणमा ऐक्यबद्धता जनाउदै समाजका अध्यक्ष तथा शालिक निर्माण टिमका कोषाध्यक्ष टोप पल्लीको नेतृत्वमा संकलन रकम १ हजार १ सय ११ पाउण्डको चेक ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष राम धन राईलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम चेक हस्तान्तरण कार्यक्रममा समाजका माहासचिव बिर बलाल, कार्यसमितीका सदस्य भक्त बलाल, समाजका सस्थापक अध्यक्ष सल्लहाकार तथा जि.एम.पी.प्रोजेक्टको प्रवक्ता ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष ओम थापा काउचा, सल्लाहाकार के.रि.टाम ढेगा, आजिवन सदस्य साथै जि.एम.पी.प्रोजेक्टका प्रमुख सयोजक मे.रि.खिम गौचनको सहभागीता रहेको थियो ।

बेलायतको पहिलो गोर्खो नेपाली समुदायको साझा ऐतिहासिक प्रोजेक्ट साथै बिर गोर्खा जो प्रथम युद्धदेखी आजसम्म बिश्व शान्तिको निंम्ती ज्यान बलीदान गर्नेहरूको सम्मानमा मनकारी गुल्मेलीहरूका तर्फबाट मात्रै आजसम्म झण्डै १३ हजार ५ सय युके पाउण्ड सहयोग रकम प्राप्त भएको शालिक निर्माण प्रोजेक्टका प्रवक्ता ओम थापाले जानकारी दिएका छन् ।

जसमा प्रथम नौमती बाजा गुल्मी युके समुहबाट १, हजार १० पाउण्ड, गुल्मी भार्से बासीको सस्था (भार्सेली समाज युके)बाट १ हजार १ पाउण्ड सहयोग प्राप्त भएको र ब्यक्तिगतरूपमा सहयोग गर्नेहरूमा सस्थाका सस्थापक अध्यक्ष ओम थापा काउचा १ हजार ५ पाउण्ड, बर्तमान अध्यक्ष टोप पल्लीबाट १ हजार ७६ पाउण्ड, सल्लाहाकार केप्टेन रि ताम ढेगा १ हजार पाँच पाउण्ड, सल्लाहाकार टेक थापाबाट १ हजार १० पाउण्ड, सल्लाहाकार लेप्टन कर्नेल रि. याम रानाबाट १ हजार ५५ पाउण्ड, सल्लाहाकार तथा गैरआवाशीय नेपाली संघ युकेका उपाध्यक्ष प्रेम गाहामगरबाट १ हजार २१ पाउण्ड, आजिवनसदस्य मेजर रि. खिम गौचनबाट १ हजार ५ पाउण्ड, आजिवन सदस्य रबी थापाबाट १ हजार १५ पाउण्ड, आजिवन सदस्य, ओम बहादुर बुढाथोकीबाट १ हजार ७ पाउण्ड, टंक थापाबाट १ हजार ३५ पाउण्ड र सल्लाहाकारहरु मोतीराज भण्डारीबाट ३० र गोकर्ण बस्नेतबाट २० पाउण्ड प्राप्त भएको छ ।

सहयोग गर्ने सबैमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष राम धनराईले सहयोग गर्ने सबैमा धन्यवाद दिएका थिए भने प्रोजेक्टका प्रमुख संयोजक मेजर रि खिम गौचनले यस प्रोजेक्टको आजसम्मको प्रगतिका बारेमा जानकारी दिएका थिए ।

त्यस्तै गुल्मी जिल्ला समाज युकेका अध्यक्ष टोप पल्लीले प्रोजेक्टको सफलताको कामना गर्दै प्रोजेक्टमा सहभागी हुने मौका दिएकोमा प्रोजेक्ट टिमलाई धन्यवाद दिएका थिए ।

वि.सं.२०७७ असोज २० मंगलवार ०९:३९ मा प्रकाशित

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...