
२० असोज, काठमाडौँ । हिजो भएको खेलमा सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै अकं तालिकाको शिर्ष स्थानमा पुगेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । दिल्लीका लागि ब्याटिङ्गमा मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाएका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिएका थिए ।
१९७ रनको विशाल लक्ष्य पछाएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । ब्याटिङ्गमा बेङ्गलोरका कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए । दिल्लीका लागि बलिङ्गमा कागिसो रबाडाले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए ।
जितसँगै दिल्लीले ५ खेल बाट ८ अकं जोड्दैँ अकं तालिको शिर्ष स्थानमा पुगेको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार ०९:२४ मा प्रकाशित