back
CTIZAN AD

बामदेव गौतमबिरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित, दशैंपछि मात्रै हुने सम्भावना

वि.सं.२०७७ असोज २८ बुधवार

633 

shares

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । संवैधानिक इजलाशमा हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाई न्यायाधीशहरुको गणपूरक संख्या नपुगेसँगै स्थगित भएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश जबराले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।

स्रोतका अनुसार यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’ मा बसेको कारण देखाउँदै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । बुधबार पनि खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको थियो तर, मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ ।

जानकारी अनुसार पर्सी ३० गते शुक्रबार पनि संवैधानिक इजलास तोकिने सम्भावना छैन । किनभने घटस्थापनापछि देशभरका न्यायालयमा सार्वजनिक बिदा हुन्छ । कोजाग्रत पूर्णिमाअघि अदालतहरु खुल्दैनन् । जसकारण बामदेवविरुद्वको मुद्दाको सुनुवाई दशैंअघि सम्भावना छैन् ।

०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गौतम बर्दिया निर्वाचन क्षेत्र नं। १ बाट पराजित भएका थिए । उनलाई कांग्रेस नेता सञ्जय गौतमले ७ सय ७५ मत अन्तरले पराजित गराएका थिए । प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनय बदर गर्न मागसहित रिट दायर गरेका थिए ।

दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो। असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो।

वि.सं.२०७७ असोज २८ बुधवार ११:४५ मा प्रकाशित

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...