४ कार्तिक, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्सले आज किंग्स इलेवन पंजाबको सामना गदैँ छ । यी दुई टिम बिच यस अघि भएको खेलमा दिल्ली क्यापिट्ल्सले किंग्स इलेवन पंजाबलाई सुपर ओभरमा पराजित गरेको थियो ।
अकं तालिकामा दिल्ली १४ अकं सहित शिर्ष स्थानमा रहेको छ भने पंजाब ६ अकं सहित सातौँ स्थानमा रहेको छ । चोटका कारण दिल्लीका लागि लगातार २ खेल गुमाएका रिषभ पंत टिममा फर्कने छ । उनले अष्ट्रेलियन विकेट किपर एलेक्स केयरीको स्थान लिने छन ।
प्लेइङ्ग इलेवनमा परेका विदेश खेलाडीहरुले लगातार राम्रो प्रदर्शन गरेका हुनाले सन्दिपले आजको प्लेइङ्ग इलेवन मौका पाउने सम्भावना निकै कम रहेको छ ।
खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।
दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन :
शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हिटमायर, मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोत्र्जे, हर्षल पटेल ।
पंजाबको सम्भावित प्लेइङ्ग इलेवन :
केएल राहुल, मयंक अग्रवाल, क्रिस गेल , निकोलस पुरण, ग्लेन म्याक्सवेल, दिपक हुड्डा, क्रिस जोडन, मोहम्मद शमी, रवि विश्नोइ, मुरुगन अश्विन, अर्षदिप सिंह, शेल्डन कोटरल ।
वि.सं.२०७७ कात्तिक ४ मंगलवार ११:५४ मा प्रकाशित


























