बहराईन । बहराइमा रहेका तामाङ जातिहरुको समाज तामाङ सेवा समाजले सोनाम ल्होछार बहराइमा मनाउने भएको छ ।
२८५३ औं ज्या ल्हो (चरा बर्ष) सोनाम ल्होछार पर्व बैद्विक पुजापाठ लगायत विविध सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमका साथ भब्य रुपमा मनाउने भएको हो ।
कार्यक्रम शुक्रवार २०१७ मा बहराइनको राजधानी मानमा स्थित डेलमुन ईन्टरनेस्नल हुने च्याङ्वा लामा योञ्जनले जानकारी दिए । ल्होछारको लागि चर्चित सेलो गायक चन्द्र कुमार दोङको प्रस्तुति रहनेछ । संसारी माया विचित्र, दम छैन ,दम छैन, आजकालको च्याङ्बाको दम छैन, पानैमा खाने सुपारी दाना अचार खाने मलाचाना खोजेको माईच्याङ भेटैमा यो च्याङ्बाको नजरमा भन्ने जस्ता दर्जनौ सेलोमा रमाउन पाइने पनि आयोजकले जनाएको छ ।
आफ्नो समुदायको मौलिक पर्व ल्होछारलाई संरक्षण तथा सम्बद्र्धन गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप स्थापनाकाल ९२००९० देखि नै हरेक बर्ष बहराइनवासी आम नेपालीहरु माझ ल्होछार विविध मनोरञ्जनात्मक कार्यक्रमका र तामाङ जातीको भाषा, भेषभुषा, धर्म, कला र संस्कार संस्कृतिलाई जगेर्ना गर्दै, बहराइनमा अवस्थित सम्पुर्ण नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आईरहेको र विभिन्न सामाजिक कार्यहरुमा अग्रणी भुमिका निर्वाह र सहकार्य गर्दै आईरहेको छ ।
वि.सं.२०७३ पुस २४ आइतवार ०७:२८ मा प्रकाशित

























