back

माछापुच्छ्रे बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७३ पुस २४ आइतवार

663 

shares
GLOBAL IME AD
NTC AD

machha-puychre-bank

पोखरा । माछापुच्छ्रे  बैक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको २०.७५ प्रतिशत वोनस शेयर (कर प्रयोजनका लागी १.०९ प्रतिशत नगद लाभांश) तथा तत्पश्चात कायम हुने चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुकोे तर्फबाट राम मान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्व प्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

हाल रु. ३ अर्व ८६ करोड चुक्ता पुँजी रहेको यस बैकको चुक्ता पूँजी हाल जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयर पश्चात रु. ५ अर्ब ७९ करोड, १८औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर जारी भए पश्चात रु. ६ अर्ब ५९ करोड र सोही वार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी भए पश्चात रु. ७ अर्ब ३९ करोड कायम हुनेछ ।
बैंकले आ.व. २०७३।७४ को पहिलो त्रैमास सम्ममा रु. २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७३ असोज मसान्त सम्ममा रु ५८ अर्व १३ करोड निक्षेप परिचालन गरी रु. ४९ अर्व ८७ करोड कर्जा प्रवाह गरेको छ ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र आफ्नै ७२ वटा एटिएमबाट ४ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७३ पुस २४ आइतवार ०६:४६ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...