काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण लगातार बढिरहेको छ । दैनिक देशभर थपिने संक्रमितमध्ये काठमाडौं उपत्यकाबाट मात्रै आधाभन्दा बढी संक्रमित भेटिन थालेका छन् ।
काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढि काठमाडौं महानगरपालिकामा कोरोना संक्रमित छन् । पछिल्लो संक्रमणको दरलाई हेर्दा काठमाडौं महानगर कोरोना महामारीको ‘हटस्पट’ नै बनेको छ । महानगरका ३२ वटै वडामा कोरोना संक्रमित छन् भने संख्या दिनहुँ बढिरहेको छ ।
बुधबारसम्म महानगरभित्र मात्रै संक्रमितको संख्या २३ हजार २७७ पुगेको छ । काठमाडौं महानगरको शहरी स्वास्थ्य महाशाखाले जानकारी दिएअनुसार महानगरको १६,१५ र ३२ मा सबैभन्दा बढि संक्रमित भेटिएका छन् ।
महानगरले जनाएअनुसार बुधबारसम्म वडा नम्बर १६ मा कोरोना संक्रमितको संख्या १,८२० पुगेको छ । त्यस्तै वडा नम्बर १५ मा १,६८६ र वडा नं. ३२ मा १,५३५ पुगेको छ ।
नौ वटा वडामा हजार बढि संक्रमित
महानगरका १५, १६ र ३२ वडा सँगै अन्य ६ वटा वडामा पनि संक्रमितको संख्या १ हजार बढि छ । महानगरका १५, १६ र ३२ वडा सँगै ३, ९, १०, १३, १४ र ३१ मा संक्रमितको संख्या हजार बढि छ ।
प्रत्येक वडाबाट न्यूनत १ जना भन्दा बढिले कोरोना संक्रमणकै कारण ज्यानसमेत गुमाएका छन् । वडा नम्बर ४ मा कोरोनाकै कारण हालसम्म ११ जनाले ज्यान गुमाएका छन् ।
कुन वडामा कति संक्रमित ?

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १३:२० मा प्रकाशित






























