काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तासिन पार्टीहरुको गलत नीतिका कारण देश नै शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यस्तो चिन्ता जनाएका हुन् ।
उनले देशको स्वतन्त्रता र अस्वितबारे समयमै सचेत हुन सबैलाई आग्रह गरेका छन् ।
‘सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ’ उनले भनेका छन्, ‘देशको स्वतन्त्रतारअस्तित्ववारे समयमै सचेत बनौं ।’
भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो।तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौं
— Kamal Thapa (@KTnepal) October 30, 2020
छिमेकी देशहरु भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असलंग्नता नीति नै नेपालको अस्तित्वको आधार भएको उनको भनाई छ ।
वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १४:४१ मा प्रकाशित






























