back
CTIZAN AD

समाचारको प्रभाव पछि बल्ल आयो डिएपी मल

वि.सं.२०७७ कात्तिक १६ आइतवार

597 

shares

१६ कात्तिक, डोटी । धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । राष्ट्रिय समाचार समिति (रासस) मा मल नहुँदा किसान चिन्तित भन्ने समाचार प्रकाशित भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका एग्रोभेटका व्यापारीमार्फत बिक्रीका लाागि मल पठाएको हो ।

डिएपी मल आएसँगै यहाँका किसानको मल किन्नका लागि पसलमा भीड लाग्न थालेको छ । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले डिएपी मल ल्याएका हुन् । ती व्यापारीहरुले कम्तीमा पनि दुई/दुई टन डिएपी मल ल्याएपछि अहिले मलका लागि किसानको भीड लाग्ने गरेको स्थानीयवासी हर्कहबहादुर बमले बताए।

उहाँले भन्नुभयो, “जिल्लामा कम्तीमा पनि २५ टन मल आवश्यक पर्छ, अहिले व्यापारीले चार टन मल ल्याएपछि केही राहत भएको छ ।” कैलालीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट यहाँका व्यापारीले मल ल्याएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो । डिएपी मल आए पनि युरिया मल भने अहिलेसम्म आउन सकेको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउन नसकिएको कम्पनीले जनाएको छ । भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी छ । रासस

वि.सं.२०७७ कात्तिक १६ आइतवार १३:५९ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...