१८ कात्तिक, काठमाडौं । जनावरको आक्रमणबाट १८ दिनको अवधिमा ५ जनाको मृत्यु भएको र ७ जना घाईते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १ देखि १८ गतेसम्म भएको जनावर आक्रमणमा ५ जनाले ज्यान गुमाएका हुन् ।
अधिकांश घटना जंगलमा घास दाउरा गर्न जाँदा घटेको जानकारी दिदैं विशेषत राष्ट्रिय निकुन्ज नजिक र घास दाउराका लागि जंगलमा जाँदा बिशेष सावधानी अपनाउन समेत प्राधिकरणले अनुरोध गरेको छ ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १५:४२ मा प्रकाशित






























