back
CTIZAN AD

प्रधानमन्त्री ओलीको प्रश्न : के मैंले राजीनामा दिन मिल्छ ?

वि.सं.२०७७ कात्तिक १९ बुधवार

699 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँले कुनै हालतमा राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफुँले राजीनामा दिए देश बर्बादी तर्फ जाने बताए ।

ओलीले राजीनामा दिन मिल्छ ? भनि प्रतिप्रश्नसमेत गरेका छन् । ‘सञ्चारमाध्यममा हल्ला फैलिसक्छ, राजीनामा दिन पस्यो । तर तपाईँहरु विचार गर्नुस्, के अहिले मैंले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ?’ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो लागि होइन् देशको लागि । मैंले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् ।’

प्रधानमन्त्री ओलीले राजीनामा गर्न लाग्यो भनेर आएका कुरा बेकारको भएको बताए । उनले भने, ‘मैंले राजीनामा दिन लाग्यो भनेर आएको कुरा बेकारको कुरा हो । तयारी गर्दैछन्, के हो तयारी ? अन्तिममा के हुन्छ ?’


आफुँ कुनै जालझेल र तिक्डम गरी सत्तामा नआएको उनको भनाई छ । ओलीले जनताको आवश्यकता र समर्थनबाटै सत्तामा आएको बताए । ‘म यस ठाउँमा आएको मेरा रहरले होइन् जनताको आवश्यकता र समर्थनले हो, यहाँ पुर्याएको म जालझेल तिक्डमबाट होइन यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो’, उनले भने ।

उनले सरकार नफेरिने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । ‘तपाईँहरु ढुक्क भएर काममा लाग्नुस यो सरकार यस्तो हुन्छ कि, उस्तो हुन्छ कि, फेरिन्छ कि, बदलिन्छ कि, धेरैले धैरैपल्ट धेरैप्रकारका प्रयासहरु गरे भित्रबाहिर अनेक थरिका कोशिसहरु आए’, उनले भने, ‘जेमा पनि आलोचना, जेमा पनि आलोचना गर्ने, त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहोउँ ।’

वि.सं.२०७७ कात्तिक १९ बुधवार १४:४५ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...