back
CTIZAN AD

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा मात्रै ३८० जनाको मृत्यु

वि.सं.२०७७ कात्तिक १९ बुधवार

807 

shares

१९ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा मात्रै ३८० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म काठमाडौंमा २४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जनाको मृत्यु भएको हो ।

त्यस्तै काठमाडौंमा संक्रमितको संख्या ६५ हजार ७८८ पुगेको छ भने ती मध्ये निको हुनेको संख्या ४९ हजार ६७६ रहेको छ । बाँकी १५ हजार ८६३ सक्रिय संक्रमित मध्ये विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५,०३३ जनाको उपचार भइरहेको छ भने केही होम आइसोलेसनमा १०,८३० रहेका छन् ।

त्यसैगरी भक्तपुमा हालसम्म ६८ जनाको मृत्यु भएको छ । कूल संक्रमित ५,९६६ मध्ये ४,८७९ जना निको भइसकेका छन् भने १०१९ जना सक्रिय संक्रमित रहेका छन् ।

ललितपुरमा हालसम्म संक्रमणबाट ६३ जनाको मृत्यु भएको छ । हालसम्म ९,३१४ जना संक्रमित भएका मध्ये ६,९८७ जना निको भइसकेका छन् । ललितपुरमा सक्रिय संक्रमित २२६४ जना रहेका छन् । ती मध्ये २१९६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ६८ जनाको अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

यस्तो छ नेपालमा कात्तिक १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ कात्तिक १९ बुधवार १४:५९ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...