back
CTIZAN AD

यस्तो छ नेपालमा कात्तिक १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

693 

shares

१८ कात्तिक, काठमाडौं । नेपालमा मंगलबार (१९ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ८० हजार ९७८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,१६६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३७ हजार ४७६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,७८२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३० हजार ६९४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा३७२ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३६, प्रदेश २ मा १०, बागमती प्रदेशमा १८२ ,गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ४७, गण्डकी प्रदेशमा४७, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिममा ६ जना गरी जम्मा ३७२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १५ जना, बागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा १२७७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ, मुस्ताङ र बाजुरा रहेको छ ।

त्यस्तै आज थपिएका ३११४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । साथै आज ३१४२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

आज २० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १४६८ सहित देशैभरी ३११४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १४६८ जनासहित देशैभरी ३११४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश १ मा ३०७, प्रदेश २ मा १००, बागमती प्रदेशमा २०३२, गण्डकी प्रदेशमा १८९, लुम्बिनी प्रदेशमा ३३७, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १०६ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा गरिएको ११,१६६ वटा नमुना परीक्षणमा ३११४ जना संक्रमित थपिएका हुन् । जसमा १२४७ जना महिला र १८६७ जना पुरुष रहेका छन् ।

आज ३१४२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए
पछिल्लो २४ घण्टामा देशैभरी ३१४२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३१४२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३१४२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७८.६ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३० हजार ६९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ५६०१, प्रदेश २ मा १०४५, बागमती प्रदेशमा १८,१६६, गण्डकी प्रदेशमा १७१०, लुम्बिनी प्रदेशमा २८३२, कर्णाली प्रदेशमा ४७५ र सुदूरपश्चिम प्रदेशमा ८६५ जना गरी ३० हजार ६९४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६७८२ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज २० जनाको मृत्यु, मृतकको संख्या १ हजार ४ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट विभिन्न जिल्लाका २० जनाको मृत्यु भएको हो ।

आज थपिएका २० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा १७ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:५३ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...