back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा १७ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १७ सोमवार

684 

shares

१७ कात्तिक, काठमाडौं । नेपालमा सोमबार (१७ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ६९ हजार ८१२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,४४६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,६०० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३० हजार ९२४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३४७ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३८, प्रदेश २ मा १०, बागमती प्रदेशमा १८०, गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा ४५, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिममा ५ जना गरी जम्मा ३४७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १२ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ७४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा २११९ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका २९३३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । साथै आज ३१५० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख १ लाख ३७ हजार ९९२ पुगेको छ ।

आज २४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १६३० सहित देशैभरी २९३३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १६३० जनासहित देशैभरी २९३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३२९, ललितपुरमा १९३ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, ताप्लेजुङ २, संखुवासभा २, धनकुटामा २, मोरङमा ३९, सुनसरी ८५ र सोलुखुम्बुमा २९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६, रौतहटमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७ र सिराहामा ९ जना गरी प्रदेशमा आज १०४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १३२९, काभ्रेपलान्चोकमा ८५, चितवनमा १६८, दोलखामा ८, धादिङमा १४, नुवाकोटमा १९, भक्तपुरमा १०८, मकवानपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १९३, सिन्धुपाल्चोकमा २७ र सिन्धुलीमा ८ जना गरी प्रदेशमा आज २००३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १२७, गोरखामा ४६, तनहुँमा १३, नवलपरासीपूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बागलुङमा ६ र स्याङजामा ९ जना गरी प्रदेशमा आज २५५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा ६४, नवलपरासीमा २१, पाल्पामा ३, प्युठानमा १, बर्दियामा ८, बाँकेमा २०, रुपन्देहीमा १४६ र रोल्पामा २ जना गरी प्रदेशमा आज जम्मा २७९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको डोल्पामा १, दैलेखमा ७, सल्यानमा १ र सुर्खेतमा ४ जना गरी प्रदेशमा आज १३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १२, कैलालीमा २६, डडेल्धुरामा ७ र बैतडीमा ३ जना गरी प्रदेशमा आज ५० जना थपिएसँगै देशैभरी २९३३ जना संक्रमति थपिएका हुन् । जसमा महिला ११७६ र पुरुष १७५७ जना रहेका छन् ।

आज थपिएका २९३३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

आज ३१५० जना कोरोना संक्रमणबाट मुक्त
१७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३१५० जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३१५० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३१५० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७८.२ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३० हजार ९२४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ५,८९८ प्रदेश २ मा १०४६, बागमती प्रदेशमा १८,२३३, गण्डकी प्रदेशमा १३५९, लुम्बिनी प्रदेशमा ३०८६, कर्णाली प्रदेशमा ४४९ र सुदूरपश्चिम प्रदेशमा ८५४ जना गरी ३० हजार ९२४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६,६०० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि २४ जनाको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २४ जनाको मृत्यु भएको हो ।
आज थपिएका २४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा १६ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ कात्तिक १७ सोमवार १८:०७ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...