back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा १६ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १६ आइतवार

633 

shares

१६ कात्तिक, काठमाडौं । नेपालमा आइतबार (१६ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ५६ हजार ३६६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,०२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,७७९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ३९४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २८३ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २९, प्रदेश २ मा ११, बागमती प्रदेशमा १८०, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ३९, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ५ जना गरी जम्मा २८३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १२ जना, बागमती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिममा गरी जम्मा ७८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा २३८७ जना रहेका छन् भने संक्रमित शून्य रहेका जिल्ला मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।

त्यस्तै आज थपिएका २८२४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । साथै आज ३६२० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । आज २३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १६२२ सहित देशैभरी २८२४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १६२२ जनासहित देशैभरी २८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ८, उदयपुरमा १६, ओखलढुंगामा १, खोटाङमा ५, झापामा ७५, तेह्रथुममा १, भोजपुरमा २, धनकुटामा ७, मोरङमा २१२, संखुवासभा १, सुनसरीमा ८० र सोलुखुम्बुमा ३३ जना गरी प्रदेशमा ४४१ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २५, पर्सामा ३, बारामा १, महोत्तरीमा १०, रौतहटमा १२, सप्तरीमा १६, सर्लाहीमा ६ र सिराहामा १३ जना गरी प्रदेशमा आज ८६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १३६२, काभ्रेपलान्चोकमा ७, चितवनमा ३५, दोलखामा ३, धादिङमा १५ , नुवाकोटमा ४, भक्तपुरमा ९६, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा २, ललितपुरमा १६४, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १७२२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १५५, गोरखामा ४, तनहुँमा २५, नवलपरासीपूर्वमा ३०, पर्वतमा ५, म्याग्दीमा ७, लमजङुमा १३, बागलुङमा ८ र स्याङजामा ७ जना गरी प्रदेशमा आज २५४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा १८, गुल्मीमा ११, दाङमा ३, नवलपरासीमा १०, प्युठानमा १, बर्दियामा २२, बाँकेमा ३२ र रुपन्देहीमा ९१ जना गरी प्रदेशमा आज जम्मा १८८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा १ डोल्पामा १, दैलेखमा ६, रुकुमपश्चिममा ३ र सुर्खेतमा २४ गरी प्रदेशमा आज ३८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ७, कैलालीमा ४७, डडेल्धुरामा २, डोटीमा ३६, दार्चुला १, बझाङमा १, र बैतडीको १ जना गरी प्रदेशमा आज ९५ जना थपिएसँगै देशैभरी २८२४ जना संक्रमति थपिएका हुन् । जसमा महिला १०४६ र पुरुष १७७८ जना रहेका छन् ।

आज थपिएका २८२४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

आज एकैदिन ३६२० जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी ३६२० जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३६२० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ३६२० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७७.७ प्रतिशत हो ।

कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार प्रदेश १ मा १३,३०८, प्रदेश २ मा १७०१८, बागमती प्रदेशमा ६७,६५४, गण्डकी प्रदेशमा ६,६०१ लुम्बिनी प्रदेशमा १६,१६८, कर्णाली प्रदेशमा ७,१०९ र सुदूरपश्चिम प्रदेशमा ८,९८४ जना गरी १ लाख ३४ हजार ८४२ जना निको भएका छन् ।

संस्थागत आइसोलेसनमा रहनेको संख्या
मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा ६,७७९ जना रहेका छन् ।
संस्थागत जसमा प्रदेश १ मा ११, प्रदेश २ मा २९, बागमती प्रदेशमा ५,३८४, गण्डकी प्रदेशमा १०३१, लुम्बिनी प्रदेशमा २०८, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा ५५ जना गरी ६,७७९ जनाको उपचार भइरहेको छ ।

कति छन् त होम आइसोलेसनमा ?

जसमा प्रदेश १ मा ६३२२, प्रदेश २ मा १०७०, बागमती प्रदेशमा १७,८३४६, गण्डकी प्रदेशमा १,३५९, लुम्बिनी प्रदेशमा ३०६६, कर्णाली प्रदेशमा ५७३ ७७० र सुदूरपश्चिम प्रदेशमा ८६२ जना गरी ३० हजार ९८६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज २३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २३ जनाको मृत्यु भएको हो ।
आज थपिएका२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा १५ कात्तिकसम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

.

वि.सं.२०७७ कात्तिक १६ आइतवार १७:४४ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...