back
CTIZAN AD

नेताहरुलाई प्रचण्डको ब्रिफिङ्ग – प्रधानमन्त्री ज्यूले अब सँगै जान सकिन्न भन्नुभयो !

वि.सं.२०७७ कात्तिक १६ आइतवार

843 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग–अलग बनाउन आग्रह गरेको बताएका छन् । आइतबार खुमलटारमा आफुँ निकटका सचिवालय सदस्यहरुको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यूले अब सँगै जान सकिएन, अलग–अलग जाउँ भन्नुभयो’, प्रचण्डको भनाई उद्धत गर्दै एक नेताले भने, ‘स्थायी समितिको निर्णय मानेर अघि बढ्नुपर्छ, हामी पार्टी एकतालागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ ।’

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’को उपस्थिति थियो ।

अहिले दुई अध्यक्ष आगामी रणनीति बनाउन आ–आफ्नै निकटसँगको छलफलमा छन् ।

यसअघि आइतबार दिउसो ट्विट गर्दै पार्टी महासचिव विष्णु पौडेलले पार्टी गम्भीर संकट उन्मुख रहेको भन्दै एकता जोगाउन नेता कार्यकर्तालाई आग्रह गरेका थिए । उनले भनेका छन्, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’

गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा समस्या देखिएसँगै नेकपाभित्रको विवाद चरमता तिर पुगेको हो । पछिल्लो समय केहि नियुक्तीहरु र कर्णाली विद्रोहको घटनाले विवाद गम्भिर रुपमा सतहमा देखिएको थियो ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १८:०३ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...