back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा १५ कात्तिकसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १५ शनिवार

789 

shares

१५ कात्तिक, काठमाडौं । नेपालमा शनिबार (१५ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ४३ हजार ३४३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,२७२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,५७६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २९६ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा १२, बागमती प्रदेशमा १८४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ४५, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ५ जना गरी जम्मा २९६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ९ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा २४१० जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ, मनाङ र बाजुरा रहेको छ ।

त्यस्तै आज थपिएका २५०८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । साथै आज २२६४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १३५७ सहित देशैभरी २५०८ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १३५७ जनासहित देशैभरी २५०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १को इलाममा ४, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा १३, झापामा ७६, भोजपुरमा ३, धनकुटामा १, पाँचथरमा १, मोरङमा १३८, संखुवासभामा ३ र सुनसरीमा ७६ गरी प्रदेशमा ३१९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १८, पर्सामा ५, बारामा २१, महोत्तरीमा ५, रौतहटमा २७, सप्तरीमा २०, सर्लाहीमा ७ र सिराहामा ९ जना गरी प्रदेशमा आज ११२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १११३, काभ्रेपलान्चोकमा ७४, चितवनमा १०९, दोलखामा २२, धादिङमा ८, नुवाकोटमा ३९, भक्तपुरमा ४९, मकवानपुरमा ५, रसुवामा ११, रामेछापमा १३, ललितपुरमा १९५, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १६३९ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १०९, गोरखामा ७, तनहुँमा २७, नवलपरासीपूर्वमा १०, पर्वतमा २, लमजुङमा ३, बागलुङमा १६ र स्याङजामा ७ जना गरी प्रदेशमा आज १८१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा ११, गुल्मीमा ३, दाङमा ४६, नवलपरासीमा १६, पाल्पामा १, प्युठानमा ३, बर्दियामा १७, बाँकेमा ३५ र रुपन्देहीमा ७५ जना गरी प्रदेशमा आज जम्मा २०७ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोट, डोल्पा र सल्यानमा १/१ जना, दैलेखमा ९ र सुर्खेतमा ३ जना गरी प्रदेशमा आज १५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कन्चनपुरमा २,कैलालीमा २, डडेल्धुरामा ३, डोटीमा ३, दार्चुलामा ५ र बझाङमा १४ जना गरी प्रदेशमा आज ३५ जना थपिएसँगै देशैभरी २५०८ जना संक्रमति थपिएका हुन् । जसमा महिला ९७६ र पुरुष १५३२ जना रहेका छन् ।

आज थपिएका २५०८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

आज पनि २२६४ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशैभरी २२६४ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २२६४जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २२६४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख १ लाख ३१ हजार २२२ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७६.९ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म विभिन्ज जिल्लामा ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ६१४०, प्रदेश २ मा १०२१, बागमती प्रदेशमा १७,६९२, गण्डकी प्रदेशमा १३५९, लुम्बिनी प्रदेशमा ३४०२, कर्णाली प्रदेशमा ५४४ र सुदूरपश्चिम प्रदेशमा ८५० जना गरी ३१ हजार ८ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ७,५७६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि १७ जनाको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ । मन्त्तालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो दर ०.५ प्रतिशत हो ।

यस्तो छ हेर्नुहोस् नेपालमा १४ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ कात्तिक १५ शनिवार १७:१५ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...