back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा १४ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

747 

shares

१४ कात्तिक, काठमाडौं । नेपालमा शुक्रबार (१४ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ३४ हजार ५३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,९८९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,१७० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ३८७ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३०० जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा १३, बागमती प्रदेशमा १९१, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ३ जना गरी जम्मा ३०० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ३ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा ७१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचाररत रहेको जिल्लामा मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १३ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा २६६६ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ र मनाङ रहेका छन् ।

त्यस्तै आज थपिएका ३५१७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । साथै आज ४०९८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

आज १६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १८८८ सहित देशैभरी ३५१७ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १८८८ जनासहित देशैभरी २३६४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा १३, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा १३४, तेह्रथुममा ३, भोजपुरमा १, धनकुटामा ५, सोलुखुम्बुमा २, मोरङमा २५५, संखुवासभामा २ र सुनसरीमा १३७ गरी प्रदेशमा आज ५६८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १५, पर्सामा १७, बारामा १०, महोत्तरीमा ७, रौतहटमा १५, सप्तरीमा १६, सर्लाहीमा ५ र सिराहामा २४ जना गरी प्रदेशमा आज १०९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १५०८, काभ्रेपलान्चोकमा ७३, चितवनमा १२३, दोलखामा २७, धादिङमा १९, नुवाकोटमा ३३, भक्तपुरमा १३१, मकवानपुरमा ८०, रामेछापमा ६, ललितपुरमा २४९, सिन्धुपाल्चोकमा १२ र सिन्धुलीमा ५ जना गरी प्रदेशमा आज २२६६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ११२, गोरखामा १३, तनहुँमा २५, नवलपरासीपूर्वमा २९, पर्वतमा १२, म्याग्दीमा ४, लमजुङमा ९, बागलुङमा ७ र स्याङजामा १३ जना गरी प्रदेशमा आज २२४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ८, दाङमा ५१, नवलपरासीमा ८, पाल्पामा ७, बर्दियामा १९, बाँकेमा ४१, रुकुमपुर्वमा १, रुपन्देहीमा १२० र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ३, जुम्लामा ६, डोल्पामा १, दैलेखमा १३, सल्यानमा १ र सुर्खेतमा ७ जना . गरी प्रदेशमा आज ३४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको हुम्लामा १, कन्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा ५, डोटीमा २, दार्चुला र र बझाङमा १÷१ जना गरी प्रदेशमा आज ५१ जना थपिएसँगै देशैभरी ३५१७ जना संक्रमति थपिएका हुन् । जसमा महिला १३६१ र पुरुष २१५६ जना रहेका छन् ।

आज थपिएका ३५१७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

आज ४ हजार भन्दा बढी कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशैभरी ४०९६ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ४०९६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७६.७ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३१ हजार ३८७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ६२१०, प्रदेश २ मा १०२०, बागमती प्रदेशमा १७७१८,गण्डकी प्रदेशमा १३२६, लुम्बिनी प्रदेशमा ३५६०, कर्णाली प्रदेशमा ५५५ र सुदूरपश्चिम प्रदेशमा ९९८ जना गरी ३१ हजार ३८७ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ७१७० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज १६ जनाको मृत्यु, मृतकको संख्या ९२० पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १६ जनाको मृत्यु भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १७:३५ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...