back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

735 

shares

१३ कात्तिक, काठमाडौं । नेपालमा विहिबार (१३ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १४ लाख १९ हजार ६४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,७६९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ९५२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७ हजार ४५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ८९८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३०४ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३६, प्रदेश २ मा १३, बागमती प्रदेशमा १८४,गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा४९, गण्डकी प्रदेशमा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ५ जना गरी जम्मा ३०४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १० जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा २ जना र लुम्बिनी प्रदेशमा ५ जना गरी जम्मा ७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा २६८१ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका २३६४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । साथै आज ३०३८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १६१५ सहित देशैभरी २३६४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १६१५ जनासहित देशैभरी २३६४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा १, झापामा ३८, तेह्रथुममा ३, भोजपुरमा १, धनकुटामा १, मोरङमा ३२ र सुनसरीमा ६० गरी प्रदेशमा १४३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ७, पर्सामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा ७, सप्तरीमा ५, सर्लाहीमा २ र सिराहामा ६ जना गरी प्रदेशमा आज ३१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १३३८, काभ्रेपलान्चोकमा ६, चितवनमा ९७, दोलखामा १६, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा ९७, मकवानपुरमा ४७, रसुवामा ४, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा १० जना गरी प्रदेशमा आज १८२६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३६, तनहुँमा १७, नवलपरासीपूर्वमा ३१, पर्वतमा ५, म्याग्दीमा ५, लमजुमा २, बागलुङमा १ र स्याङजामा ६ जना गरी प्रदेशमा आज १७६जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा १३, नवलपरासीमा ७, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ३७, रुपन्देहीमा ५७ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १४२ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २३, जाजरकोटमा २, जुम्लामा ७, दैलेखमा ३, सुर्खेतमा १ र हुम्लामा १ गरी प्रदेशमा आज ३७ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १,कैलालीमा ४, डडेल्धुरामा २ र बझाङमा २ जना गरी प्रदेशमा आज १० जना थपिएसँगै देशैभरी २३६४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ९८४ र पुरुष १३८० जना रहेका छन् ।

आज थपिएका २३६४जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

आज एकैदिन ३०३८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशैभरी ३०३८ जना कोरोना संक्रमित निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३०३८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३०३८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७५.८ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३१ हजार ८९८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ६१८३, प्रदेश २ मा १००१, बागमती प्रदेशमा १८०७६, गण्डकी प्रदेशमा १३२६, लुम्बिनी प्रदेशमा ३७४१, कर्णाली प्रदेशमा ५७३ र सुदूरपश्चिम प्रदेशमा ९९८ जना गरी ३१ हजार ८९८ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ७ हजार ४५ जनाको उपचार भइरहेको छ ।

हालसम्म कोरोना संक्रमणबाट ९०४ जनाको मृत्यु, यस्तो छ हेर्नुहोस् प्रदेश विवरण
नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो ।  आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ११४, प्रदेश २ मा १५६, बागमती प्रदेशमा ४३६, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १२४, कर्णाली प्रदेशमा १० र सदूरपश्चिम प्रदेशमा १७ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १७:४४ मा प्रकाशित

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...