back
CTIZAN AD

मुकेश चौरसिया हत्या प्रकरण : ओली पक्षीय नेता गुप्तासहित १२ जनाविरुद्व मुद्दा दर्ता

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

981 

shares

काठमाडौं । मुकेश चौरसिया हत्या प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्व मुद्दा दर्ता भएको छ । चौरसिया हत्याको एक सातापछि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला सरकारी वकिल कार्यालयमार्फत उनिहरु विरुद्व मुद्दा दर्ता गरेको हो ।

प्रहरीले मुद्दा दर्ता गरेका पूर्वसभासद गुप्ता प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता हुन् । ओली निकटकै भएको कारण प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गर्दै आएको थियो ।

प्रहरीले दर्ता गर्न अस्वीकार गरेसँगै नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रमसमेत हुँदै आएको थियो ।

प्रहरीले मुद्दा दर्ता नगरेसँगै परिवारले शव बुझ्नसमेत इन्कार गर्दै आएको थियो । बिहिबार दर्ता भएसँगै शव बुझ्ने र अन्तेष्टी गर्ने काम पनि सुरु भएको छ ।

पर्साको विन्दवासिनी गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएको झडपमा परी चौरसिया घाइते भएका थिए । घाईते चौरसियाको गत बिहिबार उपचारका क्रममा मृत्यु भएको थियो ।

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १७:४७ मा प्रकाशित

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

ग्यास, अभाव देखि जङ्गली जनावर आतंकको व्यवस्थापन विषयमा सरकारको ध्यानाकर्षण

ग्यास, अभाव देखि जङ्गली जनावर आतंकको व्यवस्थापन विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल,...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

रास्वपाले सुरु गर्‍यो ‘क्यान्डिडेट क्लब’

रास्वपाले सुरु गर्‍यो ‘क्यान्डिडेट क्लब’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...