back
CTIZAN AD

पैयुमा राम्रा काम गर्न दबाब दिनै नपरोस् भन्दै रेमनका ६ प्रश्न

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

711 

shares

पैयुका बिषयमा चिन्तन मनन गरीरहने एक युवाले राम्रा काम गर्न दबाब दिनै नपरोस भन्ने धारणा सहित ६ प्रश्न सार्वजनिक गरेका छन् ।

संजाल मार्फत उनले भनेका छन्

-‘पैयुमा आज बिहानै देखि सामाजिक सञ्जालमा एउटा समाचार भाईरल बनेको छ । पैयुँ खोलामा पनि स्थानीयतह र जनप्रतिनिधि लगायत सबै मिलेर कोरोना अस्पताल बनाउनु भयो रे त्यो पनि जुन केन्द्र देखि कोरोना महामारी रोकथामको लागि सबै स्थानिय तहमा पूर्वाधार निर्माण गर्नको लागि निर्देशन गरेको थियो र बजेट सङ्गै स्वास्थयकर्मीलाई तलब समेतसम्म सुनिश्चित भएको आज भन्दा सायद ५-६ महिना अगाडि देखि होला ।

१ -के यसलाई नै पैयुबासिले स्थानिय तहबाट ठुलो काम गर्यौ भनेर हामिले तालि पिटदै हिँडने समय भएको हो त ?

२ -स्थानियतह आउन भन्दा पहिला भन्दा पैयुका जनताको जीवनस्तरमा के फरक आयो खोई, हामि त्यो बिषयमा सोचेको ? किन बोल्दैनो त्यो बिषयमा ???

३ -खोई परिवर्तन हरेक ठाउमा हेर्नुस् त ठुला ठुला अस्पताल बने शल्यक्रिया हुने खालका तर हामि कहा छौ ??

४- चार वर्ष पुग्न लाग्यो स्थानिततह आएको तर अहिलेसम्म पनि एक्सरे गर्न समेत पैँयुमा नभएर वालिङ्ग जानु पर्ने वाध्यता छ । खोइ ति बिषयमा किन जादैन ध्यान कसैको पनि ???

५ -वर्षमा तीसदेखि चालिस करोड पैसा आउछ के भएको छ ? बाटो खन्नु मात्र बिकास हो र ???

६ -सात महिनामा पाँच शैथ्याको पूर्वाधार तयार भएको ठाउमा बेड लगेर कोरोना अस्पताल तयार गरियो भन्दा हामि कस्सिएका छौ र हौसिएका छौ ‘गुड जब’ भन्नलाई । राम्रा काममा सल्लाह सुझाब दिऔ र सहयोग पनि गरौ आवस्यक परेमा तर यो भन्दा अलिक फरक ढङ्गले आवस्यकतालाई महसुस गर्दै काम गरिदिनु हुन्छ भन्ने आसामा छौ पैयुबासि जस्तो लाग्छ मलाई ।

केहि सामान्य कामलाई पनि दबाब सिर्जना गर्नुपूर्व नै सोच्नु राम्रो होला । स्थानिय सरकार, पैयु गाऊपालिका तथा जति पनि जनप्रतिनिधिहरु हुनुहुन्छ र राजनीतिक नेतृत्वकर्मी लगायत सम्पुर्णमा अनुरोध गर्दछु की दबाबले होइन की, आवश्यकताको योजनामा चलौ । तथापी अहिले चर्चामा आएको र ठुलो सफलता हासिल गरेको जस स्थानिय सरकार अथवा पैयु गाऊपालिकालाई नै दिदै धन्यवाद भन्न चाहन्छु ।’

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १८:०९ मा प्रकाशित

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...