back
CTIZAN AD

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

वि.सं.२०८३ असार ३२ बिहीवार

285 

shares

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध नागरिकका मुद्दामा केन्द्रित गर्ने उद्देश्यले आगामी साउन ७ गतेदेखि नयाँ देशव्यापी अभियान सुरु गर्ने भएको छ।

 पार्टीका सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलका अनुसार हाल सञ्चालन भइरहेको सांगठनिक सुदृढीकरणको ‘जरा अभियान’ सकिए लगत्तै यो नयाँ सामाजिक र नागरिक-केन्द्रित अभियान सुरु हुन लागेको हो। 

कांग्रेसको संशोधित विधानले प्रत्येक समितिका सदस्यहरूलाई ५० प्रतिशत सांगठनिक र ५० प्रतिशत सामाजिक काममा जोडिनुपर्ने व्यवस्था गरेको छ। सोही मर्मलाई व्यवहारमा उतार्न यो अभियान ल्याइएको पार्टी नेतृत्वले जनाएको छ। यस अभियानले कांग्रेसलाई ‘इलेक्सन सेन्ट्रिक’ (चुनाव केन्द्रित) दलबाट ‘सिभिक सेन्ट्रिक’ (नागरिक केन्द्रित) पार्टीमा रूपान्तरण गर्ने दाबी गरिएको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानको समयावधि र मोडालिटीबारे आन्तरिक छलफल तथा गृहकार्य भइरहेको छ। प्रारम्भिक खाकाअनुसार साउन ७ गते घोषणा भई भदौ २४ गतेसम्म सञ्चालन हुने यस अभियानले केवल राजनीतिक भाषणमा मात्र सीमित नभई सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक सेवा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनजस्ता जनताका दैनिक सरोकारका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने तयारी गरेको छ।

गत वैशाखदेखि क्रियाशील सदस्यता अद्यावधिक र आन्तरिक संगठन बलियो बनाउन सञ्चालित ‘जरा अभियान’ साउन ६ गते जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा समापन हुँदैछ। त्यसलगत्तै यो नयाँ अभियान सुरु हुनेछ। 

वि.सं.२०८३ असार ३२ बिहीवार १३:४३ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...