back
CTIZAN AD

टर्कीमा भूकम्पबाट मर्नेको संख्या ११६ पुग्यो, खोजी कार्य अन्तिम चरणमा

वि.सं.२०७७ कात्तिक १९ बुधवार

828 

shares

अंकारा, १९ कात्तिक । एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन् ।

टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । टर्कीको तेस्रो ठूलो शहर एजमिरमा पीडित दुई जना मारिएका थिए । ग्रीकेली द्वीप सामोसमा दुई किशोरको मृत्यु भएको थियो ।

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ । उक्त निकायले एक हजार ३५ जना घाइते भएका र १३७ जना अझै अस्पतालमा उपचार गराइरहेको बताएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्धारकर्ताहरुले भूकम्प गएको ९० घण्टापछि भत्किएको घरबाट एक जना ३ वर्षीया बालिकालाई जीविकै उद्धार गर्न सफल भएका थिए ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ७.० म्याग्नीच्यूडको गएको जनाएको छ ।उक्त भूकम्पको धक्का राजधानी इस्तानबुल र ग्रीसको राजधानी एथेन्स समेत पश्चिम टर्कीको ठूलो क्षेत्रमा अनुभव गरिएको थियो । गत शुक्रबारको पहिलो भूकम्प पश्चात एक हजार ७०० भन्दा बढी पटक परकम्प गइसकेका छन् । तीमध्ये ४ रेक्टरभन्दा ठूला ४५ पटक परकम्प गइसकेका छन् ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १५:०१ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...