back
CTIZAN AD

ओली नेतृत्वमा देश प्रतिगमनतिर दौडिरहेको छ – डा भट्टराई

वि.सं.२०७७ कात्तिक १९ बुधवार

951 

shares

१९ कार्तिक, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको भन्दै अब सबैले के गर्ने भन्ने सोच्ने बेला आएको बताएका छन् ।


सामाजिक सञ्जाल टिव्टरमार्फत उनले प्रधानमन्त्री ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको बताउँदै आफ्नो स्वार्थ पुरा गर्ने ध्याउन्नमा प्रधानमन्त्री ओलिले ध्यान दिएको  आरोप लगाएका छन् । उनले भनेका छन् – ‘संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी – मधेसवादी विरूद्ध नेकासँग सहकार्य गरे। पछि सत्तानिम्ति चुनावमा नेका विरूद्ध माओवादीसंग एकता गरे। अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ । अब के ? सबैले सोचौं । ’

नेता डा भट्टराईले नेकपाभित्र पछिल्लो दिन देखिएको किचलोलाई लिएर उनले उक्त अभिव्यक्ति दिएका हुन् । उनले नेकपाभित्रको किचलो दुई अध्यक्ष वीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक राजनीतिक अन्तरविरोधको अभिव्यक्ति समेत भएको बताएका छन् । उनले यो अन्तर्यमा अग्रगमन र पश्चगमन बीचको लडाइॅ भनेका छन् ।

आफूहरुलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा सबैलाई धन्यवाद समेत दिएका छन् ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १८:३४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...