मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला । पेसातर्फ भने महत्त्वाकांक्षी योजना थालनी हुने समय छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो कामलाई अत्यधिक खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय छ । आफन्त पनि टाढा हुनेछन् ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । रमाइलो यात्रा हुन सक्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्ना सामानमा अरूले दाबी गर्लान् । अवसरवादीहरूबाट सजग रहनुहोला । बलजफ्ती गर्दा समस्या आउन सक्छ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । परिस्थिति संघर्षपूर्ण रहनेछ । तापनि, आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । केही समस्या देखिए पनि मिहिनेतले आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।
वि.सं.२०७७ कात्तिक २० बिहीवार ०७:३६ मा प्रकाशित




























