back
CTIZAN AD

कोरोनाको उपचार निःशुल्क नगर्ने ओली सरकारको निर्णयमाथि धक्का, सर्वौच्चले गर्यो यस्तो आदेश

वि.सं.२०७७ कात्तिक २० बिहीवार

729 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को परिक्षण र उपचार निःशुल्क नगर्ने सरकारको निर्णयमाथि धक्का लागेको छ । सर्वौच्च अदालतले शुल्क लिन पाउनुपर्ने सरकारको निर्णयलाई गलत भन्दै परीक्षण र उपचार निःशुल्क गर्न फैसला सुनाएको हाे ।

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गर्दै सर्वौच्चले यस्तो आदेश सुनाएको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको हो ।

गत असोज १५ मा पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सर्वौच्चले सरकारकाे नाममा परमादेश जारी गरेकाे थियो। अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षण निःशुल्क गर्न परमादेशको जारी गरेको थियो ।

तर, सरकारले उक्त परमादेश विपरीत शुल्क लिने निर्णय र निर्देशन जारी गरेको थियो । जुन निर्णयले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता ओली र केसीले सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । अदालतको अवहेलना मुद्दा परेपछि सरकारले परमादेश पुनरावलोकनको अनुमति माग्न निवेदन दिएको थियो ।

सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत् उक्त आदेशको पुनरावलोकन गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए। सरकारले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै उक्त आदेश बदर गर्न माग गरेको थियो।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १६:११ मा प्रकाशित

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...