back
CTIZAN AD

अग्रभागमा काम गर्ने पत्रकारले आफै सुरक्षाको साधन किन्नुपर्ने बाध्यता रह्यो :अध्यक्ष आचार्य

वि.सं.२०७७ कात्तिक २० बिहीवार

723 

shares

२० कार्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् । महासंघ चितवन शाखाले आज आयोजना गरेको कोरोनाले मिडिया क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रियामा उजले सरकार, महासंघ, मिडिया सञ्चालक मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

समस्या आएपछि मिडिया सञ्चालकहरुले पत्रकारहरुलाई बेतलवी बिदामा राख्ने गरेको भन्दै उनले मिडियामा समस्या रहेको बताउए । अग्रभागमा रहेर काम गर्नुपर्ने पत्रकारले आफै स्वास्थ्य सुरक्षाको साधन किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

श्रमजीवि पत्रकारहरुको हक हितका लागि सम्झौताहिन ढङ्गले काम गर्ने बताउँदै उनले भने , “श्रमजीवीको पक्षमा कुनै सम्झौता हुन सक्दैन ।” नेपालमा पत्रकारिता क्षेत्रमा भएका कानून कार्यान्वयनमा आउन नसक्दा कोरोना कहरको समयमा पत्रकारिता क्षेत्रमा समस्या आएको उनको भनाइ थियो । उनले भने, “कानूनमा भएका कुरा कार्यान्वयनमा आउन नसक्दा अहिले समस्या आएको हो ।” समानुपातिक विज्ञापन प्रणाली, पत्रकार कल्याण कोषमा विज्ञापनको दश प्रतिशत रकम राख्ने, लेखन क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको अध्यक्ष आचार्यले जानकारी दिए । रासस

वि.सं.२०७७ कात्तिक २० बिहीवार २०:१३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...