back
CTIZAN AD

बेपत्ता पीडित परिवारको हितमा निरन्तर काम गरि रहेका छौँ: डा. गंगाधर अधिकारी

वि.सं.२०७७ कात्तिक २० बिहीवार

663 

shares

२० कार्तिक, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

आज आयोजित कार्यक्रममा आयोगका आयुक्त डा .गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्वोधनका लागि निरन्तर काम गरिरहेको बताए । उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए ।

आयोगका सदस्य डा। अधिकारीले आयोगमा देश भरीबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए । अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थानिय तह र अन्य सरोकारवालाको सहयोगमा अन्तिम रुप दिई परिचय पत्र वितरणको तयारी भइरहेको पनि आयुक्त डा। अधिकारीले जानकारी दिए। बाँकी रहेका अनुसन्धान सकेर मङ्सिरबाटै परिचय पत्र वितरण गर्ने कार्यको शुरुवात गरिने उनको भनाइ छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सशस्त्र द्वन्दका क्रममा भएका घटनाका बारेमा कार्यसम्पादन गर्न छुट्टै कार्यालयको व्यवस्था नहुँदा प्रशासनबाट मात्रै काम गर्न समस्या रहेको बताए ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार २०:२९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...