back
CTIZAN AD

अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई भत्ता दोब्बर

वि.सं.२०७७ मंसिर ३ बुधवार

906 

shares

३ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बढाएको छ ।

सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई रु एक हजारका दरले मासिक भत्ताको रकम उपलब्ध गराउँदै आएको थियो । भत्ताको रकममा वृद्धि गरी चालु आवमा रु दुई हजार पु¥याइएको छ ।

सामुदायिक वनको हालै सम्पन्न १९औँ साधारणसभाबाट अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई मासिक रुपमा प्रदान गरिँदै आएको भत्ताको रकम बढाउने निर्णय गरेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । “सामुदायिक वनको राहत कोषबाट भत्ताको रकम पाउँदै आएका उपभोक्तालाई नवीकरण र सूचीकृत हुन सूचना जारी गरिएको छ”, उनले भने, “चालु आवदेखि २० देखि २५ जना सम्मलाई भत्ताको रकम उपलब्ध गराउने लक्ष्य छ ।”

सूचीकृत हुनका लागि मागिएको कागजपत्रको आधारमा भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष महराको भनाइ छ । भत्ता प्राप्त गर्नेमा ८० वर्षीय ज्येष्ठ नागरिकदेखि पाँच वर्षका बालबालिकासमेत रहेका छन् । दृष्टिविहीन श्रीराम जोशीले बिना झन्झट सामुदायिक वनले भत्ताको रकम उपलब्ध गराएर गुन लगाएको बताए ।

“घरमै पुगेर मासिक रुपमा सामुदायिक वनका पदाधिकारीले भत्ताको रकम उपलब्ध गराउँदै आएका छन”, उनले भने, “भत्ताको रकम पाउँदा वर्षभरिको लुगाफाटो र औषधोपचारलाई आवश्यक खर्च चलेको छ ।” सामुदायिक वनले शुरुमा अपाङ्गता भएका र फरक क्षमता भएका उपभोक्तालाई रु तीन सय र त्यस पछि रु एक हजार र हाल भत्ताको रकम वृद्धि गरी रु दुई हजार पु¥याएको छ ।

सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपाङ्गता भएका र दृष्टीविहीनलाई भत्ताको रकम दिँदै आएको छ । आव २०७३/७४ देखि सामुदायिक वनले अपाङ्गता भएकालाई राहत कोष खडा गरी भत्ता दिँदै आएको छ । कोषमा काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये पाँच प्रतिशत रकम राख्ने व्यवस्था गरिएको छ ।

विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५९६ उपभोक्ता रहेका छन । सामुदायिक वन २८८ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । रासस

वि.सं.२०७७ मंसिर ३ बुधवार १४:४४ मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...