
१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल विजयी भएका छन् ।
शनिबार भएको महासंघको निर्वाचनमा आफ्ना प्रतिश्प्रधी किशोर प्रधानलाई पछि पार्दै ढकाल भारी मतसहित विजयी भएका हुन् ।
शनिबार भएको महासंघको ५४ औं अधिबेशन तथा निर्वाचनमा ढकालले ५२२ मत ल्याएर विजयी भएका थिए भने प्रधानले ३७५ मत ल्याएर पराजित बने । ढकालले प्रधानले भन्दा १७७ मत बढी प्राप्त गरेका थिए ।
त्यस्तै महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधानपक्षका अन्जन श्रेष्ठ, जिल्ला नगरमा दिनेश श्रेष्ठ, उनी पनि प्रधान पक्षकै हुन् भने एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघई विजय भएका छन् ।
महासंघको विधान अनुसार निर्वाचित वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था रहेको छ ।