back
CTIZAN AD

नेकपा सचिवालय बैठक सुरु, बैठकमा ओली पनि उपस्थित

वि.सं.२०७७ मंसिर २० शनिवार

639 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठक सबा एक बजेदेखि सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

यसअघि दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटवार्तापश्चात नै ओली बैठकमा सहभागी भएका हुन् । ओलीसँग वार्ता गर्न अध्यक्ष प्रचण्ड दिउँसो १२ बजेदेखि बालुवाटार पुगेका थिए ।

गत बुधबार बसेको सचिवालय बैठक ओलीको अनुपस्थितिका कारण स्थगित भएको थियो । बुधबार बसेको सचिवालय बैठकले ओलीलाई आजको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन गरेको थियो ।

गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा प्रचण्डले बहुमत सचिवालय सदस्यको सहमतीमा प्रस्ताव पेश गरेका थिए । १९ पृष्ठको उक्त प्रस्तावमा ओलीको कार्यशैली र विभिन्न निर्णयहरुको आलोचना गरिएको छ ।

प्रचण्डको उक्त प्रस्तावमाथि जवाफी प्रस्ताव स्वरुप गत मंसिर १३ मा बसेको सचिवालय बैठकमा ओलीले बेग्लै प्रस्ताव पेश गरेका थिए । जसमा उनले प्रचण्डमाथि विभिन्न आरोप लगाएका छन् । साथै उनले प्रचण्डलाई पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको आरोप पनि लगाएका छन् ।

शनिबारको बैठकमा दुवै प्रस्तावमाथि छलफल भईरहेको छ । जनाइएअनुसार यसअघि बाेल्न नपाएका सदस्यहरुले आजको बैठकमा धारणा राख्नेछन् ।

वि.सं.२०७७ मंसिर २० शनिवार १४:०१ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...