back
CTIZAN AD

घाँस आम्दानीको राम्रो स्रोत

वि.सं.२०८३ जेठ २८ बिहीवार

354 

shares

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका छन् ।

घाँस छरेपछि गोडमेल र अन्य काम गर्न नपर्ने भएकाले किसानहरु घाँसखेतीमा आर्कषित भएका हुन् । देउखुरीमा १८० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताए ।

जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन् । घोराही–६ मा विसं २०५६ देखि नै व्यावसायिक रूपमा घाँसखेती सुरु भएको थियो । घोराही उपमहानगरपालिका–६ गुरुवागाँउका श्याम चौधरीले १५ कट्ठा जमिनमा वरर्सिम घाँसखेती गरेका छन् ।

वर्सिम घाँसले गाईवस्तु पाल्न सजिलो भएको उनी बताउँछन् । हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र दानालाई बीउका रुपमा बेच्दा दोहोरो आम्दानी हुन थालेपछि श्याम चौधरी घाँसखेतीतर्फ आर्कषित भएका हुन् ।

पहिले तोरी, गहुँ र मसुरोखेती गर्ने उक्त जग्गामा अहिले वरर्सिम घाँस लगाउन सुरु गरिएको छ । गतवर्ष रु ७५ हजारको वर्सिम घाँस बेचेका श्यामले यसवर्ष रु एक लाख १८ हजारको वरर्सिमको दाना बिक्री गरेका छन् । घोराही–६ का सुशीला बुढामगरले ११ कट्ठा खेतमा वर्सिम घाँसखेती गरेका छन् ।

घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण भएको उनले बताए । गाईभैँसी, भेडा, बाख्रा र कुखुरालाई यस घाँसले फाइदा पु¥याँउछ । उहाँले घाँसको दाना बिक्री गरेर रु एक लाख ६० हजार आम्दानी भएको बताए ।

सोही वडाकी भूमिसरा पुनले एक बिघा खेतमा वर्सिम घाँसखेती गरेका छन् । पुनले रु दुई लाखको वरर्सिम घाँसको बीउ बिक्री गरेको बताउनुभयो । धानभन्दा धेरै आम्दानी भयो । त्यसैले घाँसखेती गरेकी छु भने । धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर छर्ने गरेका छन् । घोराही–६ का कृषकले ११ कट्ठादेखि दुई बिघासम्ममा वर्सिम घाँसखेती गरेको पाइन्छ । घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउको लागि देउखुरीको गुरुवागाँउलाई पकेट क्षेत्र घोषणा गरी बीउ उत्पादन गरिँदै आएको छ । वर्सिम घाँसलाई घाँसको राजाका रुपमा लिने गरिन्छ । यो घाँस गाईभैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्छन् ।

जिल्लामा गाईभैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरूले घाँस मात्रै खेती गर्ने गरेको घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख खीमबहादुर बस्नेतले बताउनुभयो । पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ ।

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:५६ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...