back

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप तीनजनाको मृत्यु

वि.सं.२०७७ मंसिर २० शनिवार

132 

shares
NTC AD
Global IME AD

२० मंसिर, पोखरा । गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका तीनैजना पोखरा महानगरपालिकाका हुन् ।

निर्देशनलायका अनुसार पोखरा महानगरपालिका १७ का ५७ वर्षीय एक पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो ।

कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी पोखरा उपमहानगरपालिका ११ की ७२ वर्षीया महिलाकोे उपचारका क्रममा फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको छ । मंसिर १८ गते कोरोना संक्रमण देखिएकी उनको शुक्रबार बेलुका ८ः४५ बजे उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी पोखरा उपमहानगरपालिका १२ का ८० वर्षीय पुरुषको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा शनिबार दिउँसो १२ः१५ मा मृत्यु भएको छ । उनमा मंसिर १६ गते कोरोना ससंक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका तीन जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।

 

वि.सं.२०७७ मंसिर २० शनिवार १८:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...