back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप तीनजनाको मृत्यु

वि.सं.२०७७ मंसिर २० शनिवार

807 

shares

२० मंसिर, पोखरा । गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका तीनैजना पोखरा महानगरपालिकाका हुन् ।

निर्देशनलायका अनुसार पोखरा महानगरपालिका १७ का ५७ वर्षीय एक पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो ।

कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी पोखरा उपमहानगरपालिका ११ की ७२ वर्षीया महिलाकोे उपचारका क्रममा फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको छ । मंसिर १८ गते कोरोना संक्रमण देखिएकी उनको शुक्रबार बेलुका ८ः४५ बजे उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी पोखरा उपमहानगरपालिका १२ का ८० वर्षीय पुरुषको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा शनिबार दिउँसो १२ः१५ मा मृत्यु भएको छ । उनमा मंसिर १६ गते कोरोना ससंक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका तीन जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।

 

वि.सं.२०७७ मंसिर २० शनिवार १८:२६ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...