back
CTIZAN AD

कृषकले पाएनन् धानको समर्थन मूल्य, सस्तोमा बेच्न बाध्य

वि.सं.२०७७ मंसिर २२ सोमवार

642 

shares

२२ मंसिर, देउखुरी । दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी खरिद बिक्री भइरहेको छ ।

लमही नगरपालिका–३ फल्कापुरका कमल चौधरीले गत वर्ष मोटो धान रु दुई हजार क्विन्टल बिक्री गरेका थिए। यसपाली पनि सोही मूल्यमा २०० क्विन्टल धान बिक्री गरेको र बाँकी ३०० क्विन्टल धान पनि सोही मूल्यमा बेच्नुपर्ने बाध्यता भएको बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको उनी बताउछन् ।

राप्ती गाउँपालिका–२ का पुरन चौधरीले मझौला धान प्रतिक्विन्टल रु दुई हजार १०० मा स्थानीय व्यापारीलाई बेचेको बताए । समयमा प्रशस्त पानी परेको र समयमा मल उपलब्ध भएका कारण धान उत्पादन राम्रो भए पनि बिक्री गर्दा मूल्य नैै पाउन नसकेको र उत्पादनअनुसारको मूल्य नपाउँदा श्रम त्यसै खेर गएको गुनासो गरे् ।

सङ्घीय सरकारले किसानको सहुलियतका लागि रोपाइँ गर्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । यहाँ हालसम्म पनि धानको समर्थन मूल्य नतोकिएको कृषकको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा कृषकले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद नगरेका कारण सस्तोमा बिक्री गर्नु परेको कृषकको भनाइ छ । कृषि ज्ञान केन्द्रले अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार नौ हजार ३०५ मेट्रिकटन बढी धान उत्पादन भएको छ । अठतीस हजार ४९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिए ।

यस्तै गत वर्ष ३७ हजार ७१० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ६९ हजार ६९५ टन धान उत्पादन भएको थियो । यस वर्ष धानखेतीको क्षेत्रफलसमेत बढेको छ । ज्ञान केन्द्रका अनुसार गत वर्षभन्दा यस वर्ष धानको क्षेत्रफल ७८७ हेक्टर वृद्धि भएको हो । रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार १४:३७ मा प्रकाशित

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...