back
CTIZAN AD

बाबुरामले राजतन्त्र पुनर्स्थापना ‘लास ब्यूँतिनु’ जस्तै हो भनेपछि कमल थापाले सम्झाए ‘हापुरे वार्ता’ अघिका दुई भेट

वि.सं.२०७७ मंसिर २२ सोमवार

837 

shares

काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई र राप्रपाका अध्यक्ष कमल थापाबीच बेला–बेला सामाजिक सञ्जालमा दोहोरी पर्ने गर्छ । प्रायः दोहोरी राजसंस्था पुर्नस्थापना हुने कि नहुने भन्ने विषयमा परिरहेको हुन्छ ।

यस्तोमा पछिल्ला प्रदर्शनप्रति विरोधमा देखिएका भट्टराईले राजसंस्था स्थापना हुनु लास ब्यूँतिनु जस्तै भन्ने टिप्पणी गरेपछि चर्चामा आएको छ । राप्रपा अध्यक्ष थापाको भिडियो संवादलाई लिएर उनले आफुँले ०६० साल तिर कमल थापासँग संविधानसभा र गणतन्त्र मानेमा राजालाई पहिलो राष्ट्रपति स्वीकार्न सकिने बताएको दाबी गरेका छन् ।

जहाँ थापाले ‘त्यो त भन्न सक्दिन’ भन्ने जवाफ फर्काएको उनको भनाई छ । सामाजिक सञ्जालमार्फत थापालाई जवाफ फर्काउँदै उनले लेखेका छन्, ‘मैले ०६० को वार्तामा कमल थापासँग भनेको यसो हो ‘राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ !’ उनले भने–‘त्यो त भन्न सक्दिनॅ !’’

जसको जवाफमा थापाले हापुरे वार्ता अघि धवल शमसेरको घरमा भएको वार्ता र ०६४ को चुनावअघि बालाजुमा भएको वार्तालाई सम्झाएका छन् । उनका अनुुसार जहाँ राजसंस्थाबारे गम्भीर छलफल भएको थियो ।

सामाजिक सञ्जालमार्फत उनले भट्टराईलाई भनेका छन्, ‘हापुरे वार्ता अघि नेपालगंजमा धवल शमसेरको घरमा हामी दुई सहपाठीबिच भएको र २०६४ चैतमा संबिधानसभा चुनाव अघि बालाजुमा चुनाव स्थगितगर्ने माओवादी प्रस्ताववारे भएको कुराकानी (दोस्रोपटक प्रचण्डसहितको उपस्थितिमा) शायद बाबुराम भट्टराई जीले बिर्सनु भएको छैन। त्यसवारेको चर्चा भविष्यको लागि छोडने होकि ?’

वि.सं.२०७७ मंसिर २२ सोमवार १५:०० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...