back
CTIZAN AD

बङ्गुरपालनमा आकर्षित हुदैँ युवा

वि.सं.२०७७ मंसिर २२ सोमवार

795 

shares

२२ मंसिर,पाल्पा । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन ग¥यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु प¥यो । रोजगारी गुमाउनेमध्येका छन, तानसेन नगरपालिका– १४ का रमेश परियार । काठमाडौँस्थित होटलमा कुकम्यानका रुपमा रहेका परियार सात महिनादेखि बेरोजगार भएका छन् ।

रोजगारी गुमेसँगै आफ्नो जन्मथलो कुसेनीमा परिवारसँगै बसोबास गर्दै आएका परियारलाई ग्रामीण आर्थिक विकास सङ्घ (रेडा), तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम सहयोगमा बङ्गुरका पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उनलाई रोजगारी गुमाएको अहिले कुनै गुनासो छैन । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उनी बताउछन्। परिवारले अनुदानमा तीनवटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उनले बताए।

एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाख आम्दानी लिन सकिने परियारको भनाइ छ । कोभिड– १९ को प्रतिकार्यका लागि युवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुनःप्राप्ति कार्यक्रमअन्तर्गत बङ्गुरका पाठापाठी २० युवालाई वितरण गरिएको हो । रोजगारी गुमाएका बेरोगार युवालाई दुई पाठी र एक पाठा गरी तीन वटाका दरले बङ्गुरका पाठापाठी वितरण, खोर निर्माणका लागि रु १० हजार तथा प्राविधिक सहयोग गरिएको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

सोही स्थानका पदमबहादुर दर्जीले कोभिड– १९ का कारण रोजगारी गुमाए । लामो समयदेखि भारतमा कुकम्यानका रुपमा कायरत दर्जी रोजगारी गुमाएपछि घर फके । निक्कै दुःख कष्ट गरी एक छोरा, एक छोरी र श्रीमतीका साथ पाल्पाको अर्गली घर फके। घरमा आएसँगै पैसाको अभाव भएपछि दर्जी पनि बङ्गुरपालन व्यवसायमा आकर्षित भए । दुई वटा थप गरी पाँचवटा बङ्गुरपालन गर्न थालेका छन् । खोरलाई रु १० हजार आर्थिक सहयोग पाएपछि अझै काम गर्न सजिलो भएको दर्जीको भनाइ छ ।

वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा दर्जीको छ । विस्तारैविस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा रहेका दर्जी अब भारतमा पैसा कमाउन नजाने सोचमा छन ।

स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४०० मा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ । तानसेन नगरपालिका– १० र १४ का रोजगारी गुमाएका र बेरोजगार युवालाई उद्यमी बनाउनका लागि युवालाई बङ्गुरका पाठापाठी एक पाठा, दुई पाठी वितरण गरिएको छ ।

रेडाका अधिकृत डा लेखनाथ अधिकारीले बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताए । उनले स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको बताए ।

नगर प्रमुख अशोककुमार शाहीले तानसेनभित्र सञ्चालित युवा उद्यमशीलताको कार्यक्रम अहिले नमूना बनेको बताए । उनले तानसेनबाट शुरुआत गरिएको कार्यक्रम अहिले अन्य स्थानीय तहलेसमेत अनुशरण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई रु दुई करोड ९० लाख बजेट विनियोजन गरिएको बताए । उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नै खेतबारीमा मेहनत गरेको अवस्थामा पैसा कमाउन विदेश धाउनुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुने बताए। रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार १५:०२ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...