back
CTIZAN AD

जिवित सुनगोहोरो प्रजाति र संरक्षित वन्यजन्तुको आखेटोपहार सहित दुई जना पक्राउ

वि.सं.२०७७ पुस २ बिहीवार

876 

shares

२ पुस, काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीबाट संरक्षित घस्रने जातको ८ वटा जिवित सुनगोहोरो र १ थान संरक्षित वन्यजन्तु चितुवाको टाउको (आखेटोपहार) सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ कानेपोखरी नगरपालिका–१ बस्ने ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुम लालिगुराँस नगरपालिका–४ बस्ने ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरो (सरिसृप) प्रजाति अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिवित सुनगोहोरो प्रजातीको उद्दार गरी वन्यजन्तुको आखेटोपहार सहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ काठमाडौंमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार ११:३७ मा प्रकाशित

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...