back
CTIZAN AD

विद्यालय राम्रो बनाउन शिक्षकलाई अभिभावकको खबरदारी आवश्यक

वि.सं.२०७७ पुस ३ शुक्रवार

792 

shares

३ पुष, हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय राम्रो बनाउन शिक्षकलाई अभिभावकले खबरदारी गर्न जरुरी रहेको बताए ।

हेटौँडास्थित जनप्रिय प्राविधिक विद्यालयको नवनिर्मित प्राविधिक भवनको उद्घाटन एवं विद्यालयको ३९औँ अभिभावक भेलालाई आज सम्बोधन गर्दै उनले विद्यालय राम्रो बनाउन शिक्षक, कर्मचारी, विद्यार्थी सबैले मेहनत गर्नुपर्ने बताए । उनले विद्यालय शिक्षालाई सिकाइ केन्द्रित बनाउन शिक्षक तथा व्यवस्थापनले ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले विगतदेखिको परम्परागत शैक्षिक प्रणालीलाई सुधार गर्दै व्यवहारिक र सीपमूलक बनाउनुपर्ने धारणा राखे । नयाँ पद्धति र प्रविधिको प्रयोग गरेर प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउन शिक्षक सक्षम हुनुपर्नेमा उनको भनाइ थियो ।

विगत केही वर्षदेखि पशु तथा कृषिसम्बन्धी विभिन्न तहका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयको २४ कोठे भवनको उद्घाटन तथा विद्यालय परिसरमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिकको मुख्यमन्त्री पौडेलले अनावरण समेत गरेका थिए । रु चार करोडको लागतमा निर्मित भवनमा प्राविधिक विषयको पठनपाठनका साथै प्रयोगशाला सञ्चालन हुने विद्यालयले जनाएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार २०:१४ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...