back
CTIZAN AD

तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ पुस ७ मंगलवार

753 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । आँटले काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । तर आजको लाभांश सञ्चय नहुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा धन बाहिरिन सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि जग बसाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो काम गर्ने समय छ । व्यापारमा मनग्य लाभ हुनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
माहोल रमाइलो रहनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । तर, विवादास्पद क्षेत्रमा लाग्नाले केही समस्या पनि आउन सक्छन् ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
लगनशीलताले काममा फाइदा दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । साथ दिनेहरू बढ्नेछन् । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ । रुखो व्यवहार गर्नाले शुभचिन्तकहरू टाढिनेछन् । बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला । हडबडीले काम बिग्रन सक्छ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन् ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । नयाँ कामतर्फ उत्साहित भइनेछ। मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । विशेष उपहार प्राप्त हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले काममा हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुनेछ ।

०७७ पुस ७ गते, मंगलवार, (२२ डिसेम्बर २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी सात राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ पुस ७ मंगलवार ०७:४९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...