back
CTIZAN AD

बार पदाधिकारीको वक्तव्यबाजी, अध्यक्षद्वारा आधिकारीक धारणा सार्वजनिक

वि.सं.२०७७ पुस ६ सोमवार

594 

shares

६ पुष, काठमाडौँ । संसद विघटनका विषयलाई लिएर नेपाल बार एशोसिएनका पदाधिकारीभित्रै विवाद देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई हेर्न दृष्टिकोणलाई लिएर बारका महासचिव अधिवक्ता लिलामणि पौडेलद्वारा विज्ञप्ति जारी भैसकेपछि अपरान्ह कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेलले पुनः अर्को विज्ञप्ति जारी गरेपछि बारभित्र विवाद देखिएको हो ।

कोषाध्यक्ष पोख्रेलले महासचिवले जारी गरेको विज्ञप्ति केन्द्रीय सचिवालय तथा केन्द्रीय समितिको समेत सहमति नरहेको भन्दै अर्को विज्ञप्ति जारी गरेपछि संसद विघटनका विषयमा बार पदाधिकारीभित्रको विवाद सतहमा आएको छ ।

महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा अन्य विकल्प हुँदाहुँदै प्रधानमन्त्रीले नेपालको संविधानको प्रावधान विपरित प्रतिनिधि सभा विघटन गर्नुपर्ने कुनै कारण र आधार नभएको भन्दै विरोध जनाइएको छ भने कोषाध्यक्ष पोख्रेलले घुमाउरो पाराले प्रधानमन्त्रीको कदमलाई स्वागत गरेका छन् ।

दुई छुट्टाछुट्टै विज्ञप्ति जारी भएसँगै जनमानसमा भ्रम सिर्जना भएपछि अध्यक्ष चण्डेश्वर श्रेष्ठले पुनः अर्को विज्ञप्ति जारी गरी आधिकारीक धारणा सार्वजनिक छन् । उनले महासचिवको विज्ञप्ति नै आधिकारिक भएको भन्दै कोषाध्यक्षद्वारा जारी विज्ञप्तिको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् । २६ जना रहेको कार्यसमितिमध्ये १९ जनाको सहमतिबाटै महासचिवले विज्ञप्ति जारी गरेको स्पष्ट पार्दै उनले कोषाध्यक्षद्वारा जारी विज्ञप्तिको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

वि.सं.२०७७ पुस ६ सोमवार २१:५८ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...