back
CTIZAN AD

प्रचण्ड–माधव नेपाल र ओली पक्षको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै

वि.सं.२०७७ पुस ७ मंगलवार

633 

shares

७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । औपचारिक रुपमा विभाजन घोषणा नभएपनि विभाजनको नजिक रहेका ओली पक्ष र प्रचण्ड–माधव नेपालपक्षले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

यसअघि आफ्ना पक्षका सांसदहरु र संसदीय दलको छुट्टाछुट्टै बैठक गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको पनि छुट्टा छुट्टै बैठक बोलाएर औपचारिक रुपमानै पाटी विभाजनको तयारीमा रहेको बुझिएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले असंबैधानिक कार्य गरेकाले पार्टीले कारबाही गर्ने जनाएको छभने ओली पक्षले प्रचण्ड–माधव नेपाल पक्षका निर्णयहरु आधिकारीक नहुने र एउटा गुटगत मात्र रहेको बताएकाे छ । अब बस्ने दुवै पक्षको केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने तयारीमा रहेको नेताहरुले बताएका छन् ।

आज बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाइएकोमा हाल सम्म बैठक हुन सकेको छैन भने  प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा दिउँसो एक बजे बोलाइएको छ । उनीहरुले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने यसअघिको निर्णयलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने तयारी गरेका छन् ।

वि.सं.२०७७ पुस ७ मंगलवार १०:४७ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...