back
CTIZAN AD

कास्कीमा बालिकामाथि हिंसा बढ्दै

वि.सं.२०७७ पुस ७ मंगलवार

633 

shares

७ पुष, गण्डकी । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेकको अभिलेखअनुसार सन् २०२० जनवरीदेखि हालसम्म १८ बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनाबाट पीडित बनेका छन् । त्यस्तै तीन बालक यौन दुव्र्यवहारबाट पीडित बनेका छन् । गत वर्ष छ बालिका पीडित बनेका थिए । सन् २०२० मा आठ महिला बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका घटनाबाट पीडित बनेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।

कास्कीमा परिवारजनबाट एक र अन्यपक्षबाट एक गरी दुई जनाको हत्या, राज्यपक्षबाट गिरफ्तार तीन र जातीय विभेदको एक घटना घटेको इन्सेकको अभिलेखमा उल्लेख छ ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईँले मानवअधिकार वर्ष पुस्तक द्वन्द्वकालीन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको भनाइ राखे ।

गैरसरकारी संस्था महासङ्घ गण्डकी अध्यक्ष विना सिलवालले कोभिड–१९ महामारीपछि मानवअधिकार हननका घटना बढेको भन्दै यस वर्ष स्वास्थ्य अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गरे । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले बालिका मात्रै नभई बालकको अधिकार विषयमा पनि बहस हुन आवश्यक रहेको बताए ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले इन्सेकले मानवअधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकारको यथार्थ चित्रण भएको बताए । सोच र मानसिकता परिर्वतन नभएसम्म समाज परिर्वतन नहुने उनको भनाइ थियो ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले इन्सेकले सन् १९९२ देखि निरन्तर प्रकाशन गर्दै आइरहेको नेपाल मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकार अवस्थाको ऐना भएको भनाइ राखे । उनले पीडितलाई न्यायको पहुँचसम्म पुर्याउनका लागि मानवअधिकार वर्ष पुस्तक महत्वपूर्ण सङ्ग्रहका रूपमा रहेको बताए ।

संयुक्त राष्ट सङ्घले जारी गरेका छ वटा महासन्धि नागरिक राजनीतिक अधिकार, आर्थिक सामाजिक सांस्कृतिक अधिकार, महिला माथि हुने सबै भेदभाव उन्मुलनको महासन्धि, यातना विरुद्धको महासन्धि, बालअधिकार महासन्धि र जातीय विभेद विरुद्धको महासन्धिका आधारमा मानवअधिकार वर्ष पुस्तकमा अभिलेखीकरण गरिने उनले जानकारी दिए ।
रासस

वि.सं.२०७७ पुस ७ मंगलवार ११:०९ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...