back
CTIZAN AD

ओली पक्षका केन्द्रीय सदस्यहरुको बालुवाटारमा हस्ताक्षर संकलन जारी

वि.सं.२०७७ पुस ७ मंगलवार

648 

shares

७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बालुवाटारमा हस्ताक्षर संकलन भइरहेको छ । ओली पक्षले निर्वाचन आयोगमा बुझाउनका लागि हस्ताक्षर संकलन गरेको हो ।

बिहान नौ बजे बस्ने भनिएको प्रधानमन्त्री ओली पक्षको केन्द्रीय समितिको बैठक अघिनै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्न लागिएकोले बैठक बस्न सकेको छैन । नेकपा भित्र दुबै पक्षले एकएर्कालाई कारबाहीको तयारी गरिरहेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले यसअघिनै प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरिसकेको छभने आजको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने तयारी गरेका छन् ।

ओली पक्षले पनि कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का बरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नामावली बुझाउने तयारी स्वरुप हस्ताक्षर संकलन सुरु गरेको छ । ओली पक्षले प्रचण्ड–माधव नेपाल सहितका नेताहरुलाई कारबाही गरि अन्य केन्द्रिय सदस्यहरुलाई आफ्नो पक्षमा ल्याउने तयारी थालेको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार ११:१५ मा प्रकाशित

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...