back
CTIZAN AD

बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक

वि.सं.२०७७ पुस ७ मंगलवार

711 

shares

७ पुष, काठमाडौँ । सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति(सीसीसएमसी)को बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै विश्वका विभिन्न देशले बेलायतबाट आउने यात्रुलाई रोक लगाइरहेको सन्दर्भमा नेपालले पनि यस्तो निर्णय गरेको हो । यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ ।

बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्काे सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घररगन्तव्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेहरुले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार २०:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...