back
CTIZAN AD

ओलि बर्खास्त, माधव बने अध्यक्ष

वि.सं.२०७७ पुस ७ मंगलवार

675 

shares

७ पुष, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन् ।

आज बसेको प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी बर्खास्त गर्दै नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरेको हो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

अहिलेको विधानले दुई जना अध्यक्षको कल्पना गरेकाले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने छन् ।

अध्यक्ष ओलिलाई साधारण सदस्यबाटै हटाउनु पर्ने माग भए पनि अहिले अध्यक्ष पदबाट मात्र हटाउने निर्णयलाई बैठकले पारित गरेको एक नेताले बताए ।

अध्यक्ष ओलीले एकपक्षीय रुपमा संसद विघटन गरेपछि असन्तुष्ट बनेको प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिबाट ओलीलाई अध्यक्षबाट हटाएको हो ।

वि.सं.२०७७ पुस ७ मंगलवार १९:४२ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...