back
CTIZAN AD

सैनिक अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. खत्रीको अल्पायुमै निधन

वि.सं.२०७७ पुस १२ आइतवार

705 

shares

१२ पुष, काठमाडौं । विरेन्द्र सैनिक अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक विक्रम खत्रीको अल्पायुमै निधन भएको छ ।

खत्रीका बाबु विदुर खत्रीले आफूहरुको एकमात्र छोराको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

बिरेन्द्र सैनिक अस्पतालमा नाक, कान, घांटी बिशेसज्ञ भइ सर्जनका रुपमा कार्यरत ४३ वर्षीय डा खत्रीको सैनिक अस्पतालमै उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । उनमा मुटुको समस्या भएको थियो ।

डा खत्री मिलनसार, सरल, अति मेहनती, सर्हिदय र सहयोगी व्यक्ति थिए ।

उनको पशुपति परिसरमा दाह संस्कार गरिएको छ । मृतात्माको चिरशान्तिको कामनासहित सेनाको एक टुकुडीले सम्मान अर्पण गरेको थियो ।

डा खत्री विगत १५ वर्षदेखि सरकारी सेवामा थिए । उनकी श्रीमती प्रज्ञा चालिसे दन्तरोग विशेषज्ञ छन् । डा. खत्रीका एक छोरा र एक छोरी छन्।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:२४ मा प्रकाशित

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...