back
CTIZAN AD

पुनर्निर्माणको पाँच वर्ष : ३३९ अर्ब खर्च, ७० प्रतिशत निजी आवास निर्माण सम्पन्न

वि.सं.२०७७ पुस १२ आइतवार

798 

shares

काठमाडौं । २०७२ बैशाख १२ मा गएको ७.८ म्याग्नेच्युडको विनाशकारी भूकम्पले नेपालको ३२ जिल्लामा सबैभन्दा बढी क्षती पुर्याएको थियो । भूकम्पमा परि ८ हजारभन्दा बढीले ज्यान गुमाएका थिए भने झण्डै १७ हजार मानिस घाइते भएका थिए ।

भूकम्प गएको सात महिना पछि वि.सं. २०७२ पौष १० गते सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना गरि भूकम्पबाट क्षति ग्रस्त संरचनाहरुको पुनर्निमाणको कार्य थालेको थियो । पुननिर्माणको कार्य थालनी गरेको प्राधिकरणले ५ वर्षको अवधिमा झण्डै ७० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । साथै पुनर्निमाणमा झण्डै डेढ खर्ब खर्च भएको जानकारी पनि दिएको छ ।

निजि आवास तर्फ ९५ प्रतिशतले अनुदान सम्झौता गरे

सरकारले भूकम्पबाट क्षति पुगेका निजी आवास, विद्यालय भवन, सरकारी भवन, स्वास्थ्य संस्था भवन, सांस्कृतिक सम्पदालगायतको एक साथ पुननिर्माणको कार्य अघि बढाएको थियो । जसमध्ये निजी आवास पुननिर्माणका लागि आवेदन दिएका ८ लाख ३४ हजार ९११ मध्य हालसम्म ७ लाख ९६ हजार २८२ जनाले अनुदान सम्झौता गरिसकेका छन् ।

अनुदान सम्झौता गरेका मध्य ६ लाख १४ हजार ६४२ जनाले निर्माण कार्य सम्पन्न गरि तेस्रो किस्ता लिइसकेका छन् । दोस्रो चरणको काम सम्पन्न गरि दोस्रो किस्ता लिएर ६७ हजार ३११ जना तेस्रो चरणको काम गरिरहेका छनभने सम्झौता गरेका मध्य ९९ दशमलव २४ प्रतिशगले पहिलो चरणको निर्माण कार्यसम्पन्न गरिसकेका छन् ।

निजी आवास तर्फ हालसम्म ७० प्रतिशत ५ लाख ५८ हजार ७९९ ले पुनर्निर्माणको काम सम्पन्न गरि सकेका छनभने १ लाख ६६ हजार २४३ आवस पुनर्निर्माणको काम धमाधम भै रहेको छ ।

आंशिक क्षति पुगेका ७८ हजार ३३ घरमध्य ५७ हजार ३१९ ले सम्झौता गरेकोमा ५६ हजार ४७८ जनाले पहिलो किस्ता लिएका छनभने ३३२ जनाले दोस्रो किस्ता लिएका छन् ।

सरकारी भवन निर्माण सन्तोषजनक

निजी आवाससँगै प्राधिकरणले भूकम्पबाट क्षति पुगेका सरकारी निकायका भवनको निर्माण कार्यपनि अगाडी बढाएको थियो । भूकम्पले क्षेति पुर्याएका ७ हजार ५५३ सरकारी विद्यालय मध्ये हालसम्प ६ हजार ८५ विद्यालय पुनर्निर्माणको काम सम्पन्न भै सकेको छभने १ हजार ४६८ विद्यालय निर्माणको चरणमा रहेका छन् । त्यस्तै, ४१५ आंसिक र पुर्ण रुपमा क्षति पुगेका सरकारी कार्यलय भवन मध्ये हालसम्म ३७४ भवन निर्माण सम्पन्न भएका छन् भने ३८ पुनर्निर्माणको क्रममा रहेका छन् ।

प्राधिकरणले भूकम्पले क्षति गरेको ११९७ स्वास्थ्य संस्थाको भवनमध्य ६९८ निमाण कार्य सम्पन्न गरिसकेको छ भने १४३ भवन निर्माण कार्य धमाधम हुदै छन् । त्यस्तै, २१६ सुरक्षा निकायको भवन मध्ये २१४ को निर्माण कार्य सम्पन्न भएको छभने २ वटा निर्माणको चरणमा रहेका छन ।

४६५ सांस्कृतिक सम्पदा पुनर्निर्माण सम्पन्न

भूकम्पले क्षति पुर्याएका ९२० साँस्कृतिक सम्पदा मध्य ४६५ को पुनर्निर्माणको काम सम्पन्न भएका छनभने २७२ सम्पदाको पुनर्निर्माण कार्य जारी रहेको छ ।

१२ हजार ७८८ भूमिहिन व्यक्तिहरुका लागि सरकारले जग्गा व्यवस्था गरि आवास निर्माणको काम सुरु गरेकोमा साविककै स्थानमा आवास बनाउन ११ हजार ४३७ ले अनुमति पाएका छन् भने बाँकी रहेका भुमिहीन १ हनार ३५१ का लागि जग्गा खरिद गर्न अनुदान रकम उपलब्ध गराइसकेको छ ।

भूकम्पबाट तत्कालै क्षति नपुगेपनि जोखिमयुक्त हुनसक्ने अनुमान गरि अनुसन्धान गरिएका १ हजार १०७ बस्तीमध्ये २९२ बस्ती स्थानान्तरण गर्नुपर्ने पाइएकोे थियो । त्यसमध्ये ४ हजार २५७ लावग्राहिलाई स्थानान्तरण गरि जग्गा उपलब्ध गराई सकिएको छभने ४६३ स्थानान्तरणको प्रक्रियामा रहेका छन् ।

वि.सं.२०७७ पुस १२ आइतवार १७:३७ मा प्रकाशित