back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा पुस १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १२ आइतवार

672 

shares

१२ पुस, काठमाडौं । नेपालमा आइतबार (१२ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख  ९ हजार ६५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,८२८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६ हजार ४९३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३४१६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३,०७७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२५ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १२, प्रदेश २ मा ४, बागमती प्रदेशमा ८२, गण्डकी प्रदेशमा ७२, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ३ जना गरी जम्मा २३५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ८ जना तथा कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६९ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मुगुरुकुमपश्चिम रहेका छन् ।

त्यस्तै आज थपिएका ४८१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । साथै आज ७३१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८२५ पुगेको छ ।

नेपालमा आज ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना निको, ६ जनाको मृत्यु
नेपालमा आज ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ८२८ नमुना परीक्षणमा उपत्यकाका २०८ जनासहित देशैभरी ४८१ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११७९ र ३०२ जना पुरुष रहेका छन् ।

आज थपिएका ४८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख४९ हजार ८६३ पुगेको छ । निको हुनेको यो दर ९६.८ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८२५पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ हजार ७७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ६१, प्रदेश २ मा २३, बागमती प्रदेशमा १,२९२ गण्डकी प्रदेशमा ४९६, लुम्बिनी प्रदेशमा ७०४, कर्णाली प्रदेशमा ८६ र सुदूरपश्चिम प्रदेशमा ४१५ जना गरी ३०७७ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३४१६ जनाको उपचार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा पुस ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १२ आइतवार १७:२२ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...