back
CTIZAN AD

ओलीको स्वार्थमा आँच आउदा, संविधानको औचित्य सकिने डर भयो: गोविन्द केसी

वि.सं.२०७७ पुस १२ आइतवार

639 

shares

१२ पुस, काठमाडौँ । डाक्टर गोविन्द केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै ओलीले आफ्नो पक्ष र स्वार्थका लागि काम नभए संविधानको औचित्य समेत नष्ट गरिदिने बताएका छन् । डा केसीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्या देवि भण्डारीको कदम असंबैधानिक,अवैध र अनधिकृत रहेको बताएका छन् ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता केसीले संविधान र विधिको शासनको सबैले पालना गर्नुपर्ने बताएका छन् । यो देश केपी ओली र विद्या भण्डारीको निजी सम्पत्त जस्तो नगर्नपनि सुझाएका छनभने राजाको हालत जनताले कस्तो बनाएको ख्याल गर्न पनि अनुरोध गरे । उनले भने, ‘यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हैन ।देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्र लाई नागरिकले कसरी थान्को लगाए त्यो कसैले नबिर्से हुन्छ,’ ।

यो समय न्यायालयको परिक्षाको घडी रहेको भन्दै उनले भनेका छन्, ‘न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरूको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामु सदा रहने नै छ। ’ गलत व्यक्तिहरुको हात बाट देशलाई जोगाउने काम जनताको रहेको पनि उनले बताए ।

वि.सं.२०७७ पुस १२ आइतवार १७:१७ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...