back
CTIZAN AD

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

वि.सं.२०८३ असार ३० मंगलवार

354 

shares

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा सरकारी निकायमा हुने अनियमिततामाथि निगरानी बढाउन राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत राजस्व इन्टेलिजेन्स ब्युरो गठन गरी परिचालन गरेको छ।

केही महिनाअघि विभागभित्रको राजस्व शाखालाई पुनर्संरचना गर्दै एसएसपी उत्तम खनालको नेतृत्वमा ब्युरो स्थापना गरिएको हो। विभाग प्रमुख आईजीपी टेकेन्द्र कार्कीको पहलमा गठन भएको ब्युरोले भन्सार छली, राजस्व चुहावट, सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा विभिन्न सरकारी कार्यालयमा हुने अनियमितताबारे सूचना संकलन र विश्लेषण गर्ने जिम्मेवारी पाएको बताइएको छ।

यसका लागि राष्ट्रिय अनुसन्धान विभागले सिपाहीदेखि सहायक निरीक्षक (सई) तहसम्मका कर्मचारी विभिन्न क्षेत्रमा परिचालन गरेको जनाएको छ। प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी राजस्व चुहावट नियन्त्रण र सुशासन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्य रहेको बताइएको छ।

तर गुप्तचर निकायलाई राजस्वसम्बन्धी जिम्मेवारी दिइएको विषयले प्रश्नसमेत उठाएको छ। नेपाल विशेष सेवा ऐन, २०४२ अनुसार राष्ट्रिय अनुसन्धान विभागको मुख्य जिम्मेवारी राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा आन्तरिक–बाह्य सुरक्षा चुनौतीसँग सम्बन्धित सूचना संकलन र विश्लेषण गर्नु हो। यस्तो अवस्थामा विभागलाई राजस्व चुहावट नियन्त्रणमा सक्रिय बनाइनु उपयुक्त हो वा होइन भन्ने विषयमा बहस सुरु भएको छ।

वि.सं.२०८३ असार ३० मंगलवार १७:०९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...